राम्चे केन्द्रबिन्दु भएर पुनः गयो ३.८ रेक्टरको परकम्प


३१ भाद्र २०७७, बुधबार ०८:३७ मा प्रकाशित

काठमाडौं । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर अर्को परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राम्चे केन्द्रविन्दु भई बुधबार बिहान ६ बजेर १० मिनेटमा ३.८ रेक्टर स्केलको परकम्प गएको हो ।

यसअघि बिहान ५ः१९ मा राम्चे केन्द्रविन्दु भई ६ रेक्टर स्केलको परकम्प भएको थियो ।

भूकम्प मापन केन्द्रका अनुसार बुधबारको धक्का नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here