आज पनि देशका केही ठाउँमा पानी पर्ने


२७ भाद्र २०७७, शनिबार ०८:१२ मा प्रकाशित

काठमाण्डौ । आज पनि देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।अहिले गण्डकी प्रदेश र १ नम्बर प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

बेलुका प्रदेश नम्बर एक र ५ सहित गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा पनि वर्षा हुने उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान छ ।

आज केहीबेर घाम लाग्ने पूर्वानुमान गरिएको छ । यस्तै राति भने केही ठाउँमा मेघगर्जन हुने अनुमान छ । मनसुनको समय भए पनि खासै सक्रिय नरहेकाले लगातार ठूलो वर्षा भने नहुने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here