२ करोड ५ लाख ७० हजार बढी कोरोना संक्रमितको सफल उपचार


२७ भाद्र २०७७, शनिबार ०७:५५ मा प्रकाशित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये २ करोड ५ लाख ९० हजार ९४९ जनाले कोरोनालाई जितेका छन् । विश्वमा संक्रमितको संखया २ करोड ८६ लाख ४७ हजार ४७७ पुगेको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९ लाख १९ हजार ५१२ पुगेको छ ।

अहिले ७१ लाख ५७ हजार १६ जनाको विभिन्न अस्पताल तथा आइसोलेनमा उपचार भइरहेको छ । उपचाररतमध्ये ६० हजार ८८४ जनाको अवस्था गम्भीर छ ।

२४ घण्टाको तथ्यांक हेर्दा विश्वभर ३ लाख ४ हजार १०३ संक्रमित थपिएका छन् भने संक्रमित ५ हजार ६८३ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा १ लाख ९७ हजार ४२१ जनाले ज्यान गुमाएका छन् । संक्रमित ६६ लाख ३६ हजार २४७ मध्ये ३९ लाख १७ हजार ९६२ जना निको भएका छन् ।

२५ लाख २० हजार ८६४ मा सक्रिय संक्रमण देखिएको छ । उनीहरुमध्ये १४ हजार ३४७ जनाको अवस्था गम्भीर छ ।

दोस्रो धेरै संक्रमित मुलुक भारत बनेको छ । भारतमा ४६ लाख ५७ हजार ३७९ जनामा संक्रमण फैलिएको छ । ७७ हजार ५०७ जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here