झापा । झापा जिल्लामा एक स्वास्थ्यकर्मीसहित १४ जनामा शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा नौ जना महिला र पाँच जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबार संक्रमित हुनेहरुमा बिर्तामोड नगरपालिका वडा नं.५ का एक महिला, एक पुरुष गरि दुई जना, मेचीनगर नगरपालिका वडा नं. १ र १० का दुई महिला, एक दुई पुरुष गरि तीन जना, र दमक नगरपालिका वडा नं. २, ७, ९ का छ महिला र तीन पुरुष गरि नौ जना रहेका छन् ।
शुक्रबार थपिएका संक्रमितहरु बिर्तामोडका एक स्वास्थ्यकर्मी, मेचीनगरका दुई जना भारतबाट आएका र अन्य सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।
उनीहरु ७ दखि ७४ वर्ष सम्मका रहेका छन् । शुक्रबार सम्म झापामा कुल संक्रमितको संख्या ७३९ पुगेको छ ।
जसमा भद्रपुरमा ३७, मेचीनगर १२४, बिर्तामोड ४८, कनकाई ४८, अर्जुनधारा २४, दमक १२८, गौरादह १९, शिवसताक्षी २४, बुद्धशान्ति १७, हल्दिवारी १३, कचनकवल १४०, कमल ४५, गौरीगञ्ज ३२, बाह्रर्दशि २५, र झापाका १५ जना रहेको स्वास्थ्य कार्यलयको तथ्यांकमा उल्लेख छ ।
झापामा बिहिबार सम्म ५२५ जना डिस्चार्ज भएर घर फर्की सकेको छन् भने कोरोना संक्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् ।





