सुनको मूल्य प्रतितोलामा तीन सय रुपैयाँ घट्यो


२६ भाद्र २०७७, शुक्रबार १३:३६ मा प्रकाशित

काठमाडौं । आज नेपालमा सुनचाँदीको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुन तोलामा तीन सय रुपैयाँ घटेर प्रतितोला ९६ हजार ५ सय कायम भएको हो ।

बिहीवार सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य ९६ हजारमा कारोबार भइरहेको जनाइएको छ ।

चाँदीको मूल्यमा पनि १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आज प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here