असुरक्षाको कारण देखाउँदै अमेरिकाद्वारा एक हजार चिनियाँ विद्यार्थीको भिसा रद्द


२६ भाद्र २०७७, शुक्रबार १०:५९ मा प्रकाशित

काठमाडौँ ।  अमेरिकाले असुरक्षाको कारण देखाउँदै एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धातकर्ताको भिसा रद्द गरेको छ ।

राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने देखिएकाले चिनियाँ विद्यार्थी तथा अनुसन्धाकर्ताको भिसा रद्द गरेको अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ ।

सन् २०१८(१९ को शैक्षिक सत्रमा झण्डै तीन लाख ७० हजार चिनियाँ विद्यार्थीहरु अमेरिकाका विश्वविद्यालयलमा भर्ना भएका थिए ।

ग्राज्यूएट तथा रिसर्च स्कलर रहेका उनीहरूले उच्च जोखिम निम्त्याउन सक्ने पाइएपछि भिसा रद्द गरिएको अमेरिकाले प्रष्ट पारेको छ ।

वैध रुपमा अध्ययनका लागि आउन चाहने चिनियाँ विद्यार्थीलाई सदैव स्वागत गरिन सकिए पनि विद्यार्थीको भेसमा चिनियाँ कम्युनिष्ट पार्टीको सैन्य दबदबा पूरा गर्ने उद्देश्यलाई आउनेहरूलाई अब छिर्नै नदिइने अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले बताएकी छन् ।

चीनको विदेश मन्त्रालयले भने अमेरिकी आरोपको खण्डन गरेको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here