चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि


२६ भाद्र २०७७, शुक्रबार ०८:३९ मा प्रकाशित

चितवन । चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड (१९ ल्यावमा गरिएको परीक्षणमा चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार राति ११ बजे आएको रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक बालकसहित २६ पुरूष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुर गैँडाकोटका एक महिला र एक पुरूष तथा पर्साको ठोरीका एक महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

फेरि परीक्षणका क्रममा अरू एक जनाको पनि संक्रमण पुष्टि भएको छ । तर, संक्रमित ती व्यक्तिको ठेगाना खुलाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here