नेपालमा बिहीबार थप १२४६ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु


२५ भाद्र २०७७, बिहीबार १६:४८ मा प्रकाशित

काठमाडाैं । नेपालमा बिहीबार थप १२४६ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १२४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५०४६५ पुगेको छ । बिहीबार काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै नेपालमा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । बुधबार १८१८ जना डिष्चार्ज भएका छन् भने हालसम्म ३५७०० जना डिष्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल सक्रिय संक्रमितको संख्या १४,८४८ जना रहेका छन् भने क्वारेन्टाइनमा ५८०६ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here