काठमाडौं । नेपाली बजारमा छापावाल सुनको भाउ प्रति तोला ४ सय रूपैयाँले बढेको छ ।
आज चार सयले बढेर प्रति तोला ९६ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।
बिहीबार चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेर १३ सय २५ मा कारोबार भइरहेको छ।





