गण्डक अस्पतालमा बाराका कोरोना संक्रमित वृद्धको मृत्यु


१७ भाद्र २०७७, बुधबार ०८:५५ मा प्रकाशित

पर्सा । वीरगञ्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्धको मृत्यु भएको छ।

बाराको सिम्रौनगढ नगरपालिकाका ९७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ। भदौ १२ गते शुक्रबार वीरगञ्जस्थ्ति तराई अस्पतालमा उपचार गराउन आएको ती वृद्धाको त्यही अस्पतालमा स्वाब संकलन भएको थियो।

उनको स्वाव परिक्षण गराउँदा संक्रमण पुष्टि भएपछि भदौ १४ गते आइतबार कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहले जानकारी दिए।

गण्डक अस्पतालमा उपचारका क्रममा ती वृद्धको बुधबार बिहान १ बजे मृत्यु भएको डा. सिंहले जानकारी दिए। मुटु रोगी समेत रहेका ती वृद्धमा सोडियमको मात्र पनि बढी रहेको अस्पतालले जनाएको छ। निमोनिया र कोरोना समेत भएपछि उनलाई चिकित्सकको प्रयासले बचाउन नसकिएको डा. सिंहको भनाइ छ।

ती वृद्धसहित कोरोनाका कारण बारामा १५ जनाको मृत्यु भइसकेको छ। मृतक पुरुषको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here