बुधबार सुनको मूल्य एकैदिन १२ सयले घटेर ९७ हजार २ सय प्रतितोलामा कायम


१७ भाद्र २०७७, बुधबार १२:३२ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको मूल्य एकैदिन १२ सयले घटेर ९७ हजार २ सय प्रतितोलामा कायम छ।

मंगलबार सुन ९८ हजार ४ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहेको छ । जसको असर नेपालमा समेत देखिएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here