बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ


७ भाद्र २०७७, आईतवार १३:२९ मा प्रकाशित

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका–७ जावद टोलमा बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्सी गाउँपालिका-७ का २४ वर्षका कृष्ण यादवलाई महिलालाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारबाही हुने महोत्तरीका प्रहरी उपरीक्षक टिका केसीले बताए ।

शुक्रबार राति कुटपिटबाट घाइते महिलाको जनकपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनापछि कृष्णलाई पक्राउ गरेको थियो । पछि प्रहरीले उनलाई छोडेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here