रूसी सरकारका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पुर्‍याइयो


७ भाद्र २०७७, आईतवार १३:०३ मा प्रकाशित

रूसी सरकारका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पुर्‍याइएको छ ।

विषाक्त चिया पिएपछि गम्भीर विरामी परेको आशंका गरिएका ४४ वर्षीय नाभाल्नीलाई शनिबार अबेर विमान मार्फत जर्मनी लगिएको हो । उनलाई विशेष विमान मार्फत नाभाल्नीलाई शनिबार अबेर साइबेरियाबाट जर्मनी लगिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

विमानमा रहेका बेला बिरामी परेर कोमामा गएका नाभाल्नीको उपचार गरिरहेका डाक्टरहरु उनलाई जर्मनी जान नदिने पक्षमा रहेकोमा पछि विमान मार्फत जर्मनी लगेर उपचार गर्न दिन सहमत भएका थिए ।

यसअघि नाभाल्नीको साइबेरियन शहर ओम्स्कमा उपचार भएको थियो । नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको आरोप लगाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here