चीनको सच्वान प्रान्तमा बाढी, एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो


४ भाद्र २०७७, बिहीबार १४:१० मा प्रकाशित

काठमाडौँ । चीनको सच्वान प्रान्तमा ठूलो बाढी आएपछि एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

सन् १९४० को दशकपछिकै सबैभन्दा ठूलो ठानिएको बाढीले मध्यदक्षिण चीनस्थित बुद्धको एउटा ठूलो मूर्तिको पैतलासम्म पुगेको छ । याङ्त्सी नदीको बहाब ७१ मिटर अग्लो उक्त मूर्तिको आसपास पुगे तल्लो तटीय क्षेत्र डुबानमा पर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सच्वान प्रान्तको चङ्दुनजिकै एउटा पहरामा आठौँ शताब्दीमा बनाइएको उक्त मूर्तिमा साधारण अवस्थामा नदीको वहाव निकै तल हुने गरेको गरेको बताइन्छ । तर, अहिले उक्त क्षेत्रमा ७० वर्ष यताकै सबैभन्दा नराम्रो बाढी आएपछि त्यस क्षेत्रबाट एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

नदीमा पानीको सतह बढेपछि दर्जनौँ पर्यटकहरूलाई समेत उद्धार गरिएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएका छन् । तत्काल वर्षा रोकिने सम्भावना नभएपछि त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here