रौतहटमा गोली हानेर एक जनाको हत्या


४ भाद्र २०७७, बिहीबार ०७:११ मा प्रकाशित

रौतहट । रौतहटमा गोली हानेर एक जनाको हत्या गरिएको छ ।

माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले कन्चटमा गोली हानेर पुजारीको हत्या गरेका इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

प्रहरीले घटनाको अनुसन्धान थालेको पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here