बझाङमा पहिरोमा पुरिएर २ बालकको मृत्यु


३ भाद्र २०७७, बुधबार १३:२८ मा प्रकाशित

कैलाली । बझाङमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका–५ मिडी गाउँमा गएको पहिरामा पुरिएर दुई बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १२ वर्षीय सचिन ताम्राकार र ५ वर्षीय सुदीप ओखेडा रहेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कमलराज भण्डारीले जानकारी दिए ।

माथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर पुरिएपछि उनीहरुको मृत्यु भएको हो । पहिरोमा पुरिएर अन्य ४ जना घाइते भएका छन् ।

४० वर्षीया पिपला ताम्राकार, १८ वर्षकी सुनिता ताम्राकार, १२ वर्षकी सन्तोषी ताम्राकार र १६ वर्षका अनिल ताम्राकार घाइते भएको प्रजिअ भण्डारीले बताए ।

घाइते चारै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here