वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुईजना पुरुषको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय र ५७ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।
५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको थियो। यस्तै, ७९ वर्षीय अर्का पुरुषको भने घरमा नै मृत्यु भएको थियो। उनीहरु दुवैको बिहीबार मृत्यु भएको हो।
अस्थायी कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए। यस्तै, पर्सामा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालयसँग आबद्ध रहेका भेटिएको छ। उनीहरु प्रहरी र थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।





