उल्भरह्याम्टन युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश


२३ श्रावण २०७७, शुक्रबार ०९:२३ मा प्रकाशित

काठमाडौं । इंग्लिस क्लब उल्भरह्याम्टन युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

ओलम्पियाकोसलाई समग्रमा २–१ गोलले पराजित गर्दै उल्भरह्याम्पटनले ४८ वर्षपछि क्वाटरफाइनलमा स्थान बनाएको हो।

पहिलो लेगमा एक–एक गोलको बराबरीमा रोकिएको उल्भरह्याम्पटन गएराति भएको दोस्रो लेगमा १–० ले विजयी भएको हो।

उसका लागि खेलको आठौं मिनेटमा राउल जिमिनेजले पेनाल्टीमार्फत् गरेको गोल नै जितका लागि निर्णायक बन्यो।

त्यसैगरी अर्को खेलमा फ्र्यांकफर्टविरुद्ध समग्रमा ४–० को जित निकाल्दै बसेल पनि क्वाटरफाइनलमा पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here