सिरहाका २१ वर्षीय युवकको कोरोनाबाट मृत्यु


२३ श्रावण २०७७, शुक्रबार १०:५५ मा प्रकाशित

सिरहा । सिरहाका एक कोरोना संक्रमित पुरुषको बिहीवार राति मृत्यु भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सिरहाको गोलबजार नगरपालिकाका १२ का २१ वर्षिय पुरुषको मृत्यु भएको हो।

उनी मृगौलाका बिरामी भएका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कँडेलले जानकारी दिए। नियमित डायलासिस समेत गराउँदै आएका उनी केहिदिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि जनकपुर लगिए पनि त्यहाँ उपचार सम्भव भएन। त्यसपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रजिअ अधिकारीले बताए। उनका अनुसार मृतकको शव आज गोलबजार ल्याएर नेपाली सेनाले व्यवस्थापन गर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here