भद्रपुर, (झापा) । धारिलो हतियार खुकुरी प्रहार गरी झापामा एक व्यक्तिको हत्या भएको छ ।
मेचीनगर नगरपालिका २ भृकुटी बस्ने अन्दाजी ५० वर्षीय नारायाण आचार्यको हत्या भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार दिउँसो ४ बजेको समयमा भृकुटी बजारमा किराना तथा कपडा पसल गर्दै आइरहेका आचार्यलाई उनकै पसलमा खुकुरी प्रहार गरिएको थियो । खुकुरी प्रहारबाट गम्भिर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको डिएसपी थापाले जानकारी दिए ।
यता प्रहरीले घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । उनको नाम प्रहरीले खुलाएको छैन । पक्राउ परेका व्यक्तिको विषयमा अनुसन्धान भइरहेकोले पुष्टि भएपछि उनको नाम खुलाउने डिएसपी थापाले बताए ।





