पर्सा । पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पाँच थुनुवासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोरोना विशेष अस्पतालका संयोजक डा।उदय नारायण सिंहले जानकारी दिए ।
वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूमध्ये ४ जना भारतीय हुन् । उनीहरू अवैध तरिकाले नेपाल छिरेपछि प्रहरीले हिरासतमा राखेको थियो ।
अन्य संक्रमित भने कन्ट्याक्ट ट्रेसिङमा परीक्षणका क्रममा सम्पर्कमा आएका हुन् ।





