यूएईको होप यानको सफल प्रक्षेपण, फेब्रअरीमा मंगलग्रहमा पुग्ने


५ श्रावण २०७७, सोमबार ११:४७ मा प्रकाशित

काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) को पहिलो ऐतिहासिक मिशन अन्तर्गतको होप नामको एक यान मङ्गलका लागि सफल प्रक्षेपण गरिएको छ ।

उक्त यान जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू(ए रकेटमार्फत प्रक्षेपण भएको हो । होप नामक उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्ने बताइएको छ।

यसअघि प्रक्षेपणका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित गरिएको थियो। युएई स्थापनाको ५०औँ वार्षिकोत्सबका दिन अर्थात सन् २०२१ को फेब्रुअरीमा होप यान मङ्गलग्रह पुग्ने बीबीसीले जनाएको छ ।

अमेरिकी विज्ञको अनुभवी परामर्श पाएका यूएईका इन्जिनियरहरूले छ वर्षमा एउटा परिष्कृत यान उत्पादन गरेका हुन्। र, यो भूउपग्रह मङ्गल ग्रहको कक्षमा पुगेपछि यसले ग्रहको वातावरणले कसरी काम गर्छ भन्ने ताजा विवरणहरूको खुलासा गर्नेछ।

उक्त ग्रहको सतहभन्दा झण्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर यो भू–उपग्रहले अध्ययनहरू गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here