प्रदेश १ मा हालसम्म ८२ प्रतिशत रोपाई सम्पन्न


५ श्रावण २०७७, सोमबार १३:३० मा प्रकाशित

विराटनगर । प्रदेश एकमा हालसम्म ८२ प्रतिशत बढी बर्षे धान रोपाई सम्पन्न भइसकेको छ ।

पछिल्लो तथ्यांक सार्वजनिक गर्दै प्रदेश एकको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साउन १ गतेसम्म प्रदेशमा ८२ दशमलव ५१ प्रतिशत रोपाई सम्पन्न भएको जनाएको छ ।

प्रदेश एकको तराईका तीन जिल्लाहरु झापा,मोरङ र सुनसरीमा हालसम्म सबभन्दा बढी ८५.७२ प्रतिसत रोपाई भएको मन्त्रालयले जनाएको छ । यसैगरि इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, उदयपुर र खोटाङसहितका मध्य पहाडका ८ जिल्लाहरुमा ७५ दशमलव ३२ प्रतिशत रोपाई भएको छ । यस्तै उच्च पहाडको तीन जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा हालसम्म ७९.५७ प्रतिशत रोपाई भएको मन्त्रालयको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

प्रदेश एकको ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । धान खेती हुने क्षेत्रफल मध्ये हालसम्म २ लाख ८१ हजार २ सय २० हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको जनाइएको छ । बितेको बर्ष साउन ७ गतेसम्म प्रदेश एकमा ५६.७४ प्रतिशत मात्र रोपाई भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here