पहिरोमा पुरिएर बेपत्ता आमाछोरी मृत फेला


५ श्रावण २०७७, सोमबार ११:४२ मा प्रकाशित

दार्चुला । दार्चुलामा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका आमाछोरी मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा नौगाड गाउँपालिका ६ की ४२ वर्षीया मानमतीदेवी ठगुन्‍ना र उनकै ६ वर्षीया छोरी आरती ठगुन्‍ना रहेकी छिन् । सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार अविरल वर्षाका कारण पहिरोले घर पुरिएको थियो । सोही क्षेत्रमा केही घाइतेसमेत भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here