काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापका बिरामी सप्तरी जिल्लाका ७३ वर्षीय वृद्धको बिहिबार राति १० बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले बताए ।
असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनको शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।
अहिले शव व्यवस्थापनको तयारी भइरहेको बताईएको छ । अस्पताल प्रशासन र शव व्यवस्थापन समितिबीच छलफल भइरहेको जनाईएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।





