मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


१८ असार २०७७, बिहीबार ११:२० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। पार्टीमा राजीनामाको माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीले दुई दिनयता मन्त्रीहरुसँग पार्टीको आन्तरिक विवादबारे छलफल र परामर्श गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here