बारामा चट्यांङ लागेर चार महिलाको ज्यान गयो, ७ जना घाईते


१८ असार २०७७, बिहीबार ११:०६ मा प्रकाशित

बारा । बारामा आज बिहान चट्याङ लागेर चार महिलाको ज्यान गएको छ । चट्यांङ लागेर ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी छिन् ।

त्यसैगरी बाराको फेटामा चट्याङ लागेर एकै परिवारका ३० वर्षीया ईन्दु देवी महतो, ४० वर्षीया सुनरपति देवी महतोको घटनास्थलमा नैं ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

चट्याङ बिहान करिब ७ः ४५ बजे खसेको थियो ।

घाइते हुनेमा स्थानीय बचवा देवी, राजपती देवी, श्रीकान्ती देवी, उमा देवी, लिलावती देवी, सपिता देवी र शीला देवी रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here