काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीको क्वारेन्टाइनमा रहेका एक ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ ।
शनिबार राति करिब १२ बजे उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारकै क्रममा उनको विहान साढे ५ बजेको समयमा मृत्यु भएको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए ।
बर्दघाट २ चिसापानीकै ति पुरुष यही असार १२ गते मात्र भारतबाट आएर चिसापानी दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका थिए। उनी प्रेसर र प्यारलाइसिसका बिरामी रहेका ज्ञवालीले बताए । उनको कोरोना भाइरसको परिक्षण गर्ने तयारी गरिएको ज्ञवालीले बताए । परिक्षणको नतिजापछि मात्रै उनको कोरोनाका कारण मृत्यु भएको वा हैन थाहा हुने ज्ञवालीको भनाई छ ।





