पहिरोले घर पुरिंदा स्याङ्जाको गल्याङमा एक जनाको ज्यान गयो


१४ असार २०७७, आईतवार ०८:२२ मा प्रकाशित

स्याङ्जा । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जाको गल्याङमा एक जनाको ज्यान गएको छ ।

पहिरोमा परेर गल्याङ नगरपालिका–९ साङ्लियका ४९ वर्षीय यमबहादुर विकको ज्यान गएको वडाध्यक्ष हरी खनालले जानकारी दिए । राति ३ बजेतिर घर माथिबाट आएको पहिरोमा परेर उनकी श्रीमती घाइते भएकी छिन् । उनलाई उपचारका लागि पाल्पा लगिएको छ ।

३ जनाको परिवार रहेको विकको परिवारमा एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here