काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ ।
सिंहको शुक्रबार राति छाउनीस्थित निवासमा निधन भएको उनका नाती सुशील मल्लले जानकारी दिए । सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौं सदस्यसचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्यसचिवको जिम्मेवारीमा थिए ।
स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहकी श्रीमती, दुई छोरा र छोरी छन् । राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदा व्यक्त गरेका छन् ।





