रुपन्देहीमा पनि सलह किरा भेटिएको आशंका


१३ असार २०७७, शनिबार १५:०३ मा प्रकाशित

बुटवल । भारतमा किसानहरुको प्रमुख सत्रुको रुपमा रहेको सलह किरा नेपाल मा पनि भेटिएको छ । नेपालको प्रदेश २ का बारा र पर्सा जिल्लामा देखीएको सलह किरा प्रदेश नम्बर ५ मा पनि प्रवेश गरेको आशंका गरिएको छ ।

प्रदेश ५ को रुपन्देही जिल्ला सहित केहि भारत संग सिमा जोडिएको क्षेत्रमा पनि सलह किरा भेटिएको आशंका गरिएको छ । प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाका अनुसार किसानहरुबाट किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारि रहेको छ ।

कृषि विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान (नार्क) ले किरा प्रदेशमा आए नआएको विषयमा तथा सलह किरा हो या होइन निर्कौल गर्ने काम जारि रहेको छ । शनिवार साझ सम्ममा यो विषयमा अन्तिम अनुसन्धान नतिजा आउने कृषि विकास निर्देशनालय प्रदेश ५ का प्रमुख याम नारायण देवकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here