गुल्मीको होम–क्वारेन्टाईनमा मृत्यु भएका पुरूषमा कोरोना संक्रमण पुष्टि


६ असार २०७७, शनिबार १६:११ मा प्रकाशित

गुल्मी । गुल्मीमा होम–क्वारेन्टाईनमा बसेकाबेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको छ।

करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टाईनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको बिहीबार राति मृत्यु भएको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तले मृत्यु भएका पुरूषको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

मुम्बईबाट आएका उनलाई प्यारालाइसिसको समस्या रहेपछि गाउँपालिकाको वडा नम्बर ५ मैनडाँडामा रहेको घरमै रेखदेख गर्नेगरी राखिएको थियो।

उनलाई घरमा ल्याएपछि नै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको भए पनि पिसिआर परीक्षणको लागि भने शुक्रवार बिहानमात्र उनको स्वाब संकलन गरिएको थियो।

स्वाब भैरहवा पठाएर परीक्षण गरी रिपोर्ट आउन समय लाग्ने भएकोले उनको शवलाई नेपाली सेनाको टोलीले शुक्रबार बिहान व्यवस्थापन गरेको थियो।

स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनको रेखदेखमा संलग्न परिवारका सदस्यहरूको समेत पिसिआर परीक्षण गरिने पन्तले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here