पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिकबाहेकका सेवा बन्द


५ असार २०७७, शुक्रबार ११:२५ मा प्रकाशित

पर्वत । पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पताका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।

पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको डा. देवकोटाले बताए ।

पर्वत अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै अस्पतालका सेवा बन्द गरिएको जानकारी दिएको हो ।

अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमित सबै भारतबाट आएका डा. देवकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here