थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो rameshT ४ असार २०७७, बिहीबार १६:४६ मा प्रकाशित काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् ।