महोत्तरीमा होम क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु


२६ जेष्ठ २०७७, सोमबार ११:१३ मा प्रकाशित

महोत्तरी । महोत्तरीको गौशालामा होम क्वारेन्टाईनमा रहदै आएका १ जनाको मृत्यु भएको छ ।

पीसीआर रिपोर्ट निगेटिभ भएपछि दुईदिन अगाडिमात्र क्वारेन्टाईनबाट होम क्वारेन्टाईनमा रहदै आएका गौशाला नगरपालिका १० का ४० बर्षीय डोमी मण्डलको मृत्यु भएको हो ।
होम क्वारेन्टाईनमा फर्किएका मण्डलले विगत २ दिनदेखि खानासमेत नखाई मदिरामा लटठ भएपछि उनको सोमबार बिहान मृत्यु भएको हो ।

मृतक मण्डलको आरडीटी परीक्षणपछि मात्र शवलाई अन्त्येष्टिको लागि दिईने प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डा रविन्द्र कुशवाहाले बताए। आरडीटी रिपोर्टपछि उनको पीसीआर रिपोर्ट पनि परीक्षण गरिने तयारी भईरहेको कुशवाहाले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक मण्डल भारतबाट आएपछि मण्डल १४ दिनदेखि क्वारेन्टाईनमा रहदै आएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here