झापा अर्जुनधाराका २ व्यक्तिमा कोरोना पुष्टि


२५ जेष्ठ २०७७, आईतवार १५:०३ मा प्रकाशित

शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा पनि दुई व्यक्तिमा आज कोरोना पुष्टि भएको छ ।

यस नगरमा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएको हो ।नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका दुई युवामा कोरोना पुष्टि भएको हो ।

पीसीआर परीक्षणका लागि शनिबार बिहान उनीहरुको स्वाब संकलन गरी कोशी कोभिड अस्पताल विराटनगर पठाइएको थियो ।क्वारेन्टाइमा रहेका ५२ जनामध्ये ४४ जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइएको थियो । क्वारेन्टाइनमा शनिबार ६ जना थपिएर ५८ जना छन् ।

कोरोना पुष्टि भएपछि ती युवालाई थप उपचारका लागि गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।दिल्लीबाट पाँच दिनअघि पूर्वी नाका काँकरभिट्टाहुँदै उनीहरु आएका थिए । संक्रमित युवाहरुको उमेर २३ र २७ वर्ष रहेको छ ।

संक्रमण पुष्टि भएका व्यक्तिसँगै एउटै कोठामा रहेका व्यक्तिलाई थप ७ दिन राखिने भएको छ । उनीहरुको थप पीसीआर परीक्षण गरेर मात्र घर पठाइने बताइएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आएका ३७ जनालाई होम क्वारेन्टाइनमा राखिने भएको छ ।

नगरको स्वास्थ्य शाखाले यसअघि ५४ जनाको पीसीआर टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here