लकडाउन खुकुलो पार्न सीसीएमसी र उच्चस्तरीय समितिको प्रस्ताव मर्ज हुँदै, आजै प्रस्ताव तयार हुने


२५ जेष्ठ २०७७, आईतवार १२:०० मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ (नोबल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर (आज) आइतबार मन्त्रिपरिषदमा पठाउँदैछ । लकडाउनको मोडालिटीलाई अन्तिम रुप दिन आजै साँझसम्म मन्त्रिपरिषद बैठक बस्न सक्ने उच्च स्रोतले जनायो ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तय गर्ने जिम्मेवारी दिएको थियो । क्याबिनेटले निर्देशन दिएको ८ दिनपछि बल्ल उच्चस्तरीय समितिले लकडाउनलाई चरणवद्धरुपमा खुकुलो बनाउने मोडालिटीलाई अन्तिम रुप दिन लागेको हो ।

यसवीचमा जेठ २२ गते पनि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । तर, सो बैठकमा उच्चस्तरीय समितिले लकडाउनको मोडल प्रस्तुत गर्न सकेन ।

सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकिरहेकै बेला काठमाडौं लगायत विभिन्न सहरमा जनस्तरबाटै लकडाउनलाई खुकुलो बनाउने क्रम सुरु भइसकेको छ । आइतबार पनि काठमाडौंमा लगायतका सहरमा अधिकांश पसलहरु खुलेका छन् । सडकमा सवारी साधन बाक्लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here