भारतीय समूह जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि हवाई फायर


१८ जेष्ठ २०७७, आईतवार १०:३१ मा प्रकाशित

काठमाडौं । भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीका अनुसार भारतीय तस्कहरुले नेपालतर्फ सामान लिएर आउन लागेका थिए । उनीहरुलाई सीमामा खटिएको सशस्त्रको टोलीले रोक्यो ।

त्यसपछि उनीहरु फर्किए र ठूलो समूहमा भारतीय नागरिकहरुलाई ल्याएर आए । हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र अहिले स्थिति सामान्य बनेको उनले जानकारी दिए ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here