कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, संविधान संशोधनबारे छलफल हुने


१७ जेष्ठ २०७७, शनिबार ०८:५१ मा प्रकाशित

काठमाडौं । संविधान संशोधनमा आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले गत शुक्रबार संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकका विषयमा छलफल हुनेछ ।

भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, र कालापनी समेटेर सरकारले गत बुधबार नयाँ नक्सा जारी गरेपछि निसान छाप परिवर्तन गर्न भन्दै सरकारले गत शुक्रबार संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो।

त्यसको पाँच दिनपछि गत बुधबार संविधान संशोधन विधेयक संसदमा पेश गर्ने तयारी थियो। तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समय माग गरेका कारण संसदको कार्यसूचीमा चढेको संविधान संविधान संशोधन विधेयक अन्तिम समयमा कार्यसूचीबाट हटाइएको सत्तारूढ दलका नेताहरूले जनाउदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here