रौतहट । कोरोना भाइरस संक्रमितको विषयलाई लिएर रौतहटको इशानाथ नगरपालिकामा स्थानीय र प्रहरी बिच झडप भएको छ ।
कोरोना संक्रमित व्यक्तिलाई आइसोलेशनमा लैजान आएको प्रहरीलाई स्थानीयले अवरोध गरेपछि शुक्रबार बिहान झडप भएको हो ।
झडपका क्रममा प्रहरीले १२ राउण्ड हवाई फायर समेत गरेको छ । स्थानीयवासीले प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन् ।





