सोमालियामा नौ जना चिकित्सकको हत्या


१६ जेष्ठ २०७७, शुक्रबार ११:०७ मा प्रकाशित

एजेन्सी । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको छ ।

स्थानीय संचार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् ।
सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ ।

अल–शबाब आतंककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि भएको छ ।
इस्लामिक शरिया कानुन लागू गर्ने गरी कट्टरपन्थी अल–शबाबले देशव्यापी हिंसात्मक अभियान सञ्चालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here