काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदको दुबै सदनमा संयुक्त रुपमा प्रस्तुत गरिएको उक्त बजेटमा ९ खर्ब ४८ अर्ब ९४ करोड चालु खर्चका लागि विनियोजन गरिएको छ ।
३ खर्ब ४२ अर्ब ९१ करोड पुँजीगत बजेट र १ खर्ब ७२ अर्ब ७९ करोड वित्तीय व्यवस्था बजेट हो ।
चालु आर्थिक वर्षका लागि सरकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको थियो । सो बजेटमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालु खर्च हो भने ४ खर्ब ८ अर्ब पुँजीगत र १ खर्ब ६७ अर्ब ८५ करोड वित्तीय व्यवस्था बजेट हो ।





