उडेको केहिबेरमै लडाकू विमान दुर्घटना, पाइलटको मृत्यु


५ जेष्ठ २०७७, सोमबार १५:४० मा प्रकाशित

क्यानाडेली वायुसेनाको एउटा लडाकू विमान आइतबार ब्रिटिस कोलम्बियाको कामलूप्स विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनाबाट एक पाइलटको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । सीबीसी टेलिभिजनका अनुसार आकाशमा एक्रोब्याट्स प्रदर्शन गर्नेक्रममा विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा सवार अर्का घाइते पाइलटको उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार लडाकू विमान विमानस्थलबाट उडेको केही छिनमै आवासीय क्षेत्रमा खसेको थियो । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उक्त घटनाबाट आफू दुःखी भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here