बाराका कोरोना संक्रमित पत्रकार भएको खुलासा


५ जेष्ठ २०७७, सोमबार ०९:४८ मा प्रकाशित

काठमाडौं । बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो ।

यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।

संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here