बाँकेको नरैनापुरस्थित २५ वर्षीय युवाको कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि


४ जेष्ठ २०७७, आईतवार १६:४३ मा प्रकाशित

काठमाडौं । बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षका युवाको कोरोना भाइरस रिर्पोट पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा उनमा कोरोना भाइरस पुष्टि भएको बताएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका ब्यक्तिको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here