श्रममन्त्री यादवलाई हृदयघात, शहीद गंगालाल हृदय केन्द्रमा उपचार हुँदै


४ जेष्ठ २०७७, आईतवार १५:०९ मा प्रकाशित

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ ।

उनलाई हृदयघातको अति सामान्य रुप माइल अट्याक भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो ।

अहिले उनको शहीद गङ्गालाल हृदयरोग केन्द्र उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here