संसारबाट संधैलाई भगाऔँ ‘कोरोना’


१ जेष्ठ २०७७, बिहीबार २३:०३ मा प्रकाशित

झापा ।   कोरोनो भाईरस सचेतना मुलक गीत ‘पापी कोरोना’ सार्वजनिक भएको छ ।कोरोनाकारण विश्वभर ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गईरहेका बेला विभिन्न गायक गायिकाहरुको आवाजमा रहेको गीत सार्वजनिक भएको हो ।

‘पापी कोरोना’मा संगीता गुरुङ्ग दार्जेलिङ,भारत,डम्बर खापुङ्ग (अमेरिका),रोमा वस्ती,दिपी वस्ती (क्यानडा),किरण मोत्तान (दार्जेलिङ,भारत)लिला शिवाकोटी (अमेरिका),मनोज राई (अमेरिका),मुना लकान्द्री (अमेरिका),विनोद गुरुङ्ग (अमेरिका),मनिका राई (अमेरिका),मनिस चाम्लीङ्ग (अमेरिका),हरि गजमेर (अमेरिका),गोविन्द फुयाँल (अमेरिका),संदीप राई(अमेरिका),पुजन लहागुन (भारत),देभेन राई(न्युजिल्याण्ड),अनुपमा प्रधान (भारत),ललिता प्रधान(अष्ट्रेलिया)को स्वर रहेको छ ।

गीतमा वुद्वविर लामाको शव्द तथा इ–जाज अलिको संगीत तथा एरेञ्ज रहेको छ ।विश्वभर रहेका मानवहरुको विनास गर्ने प्रकारको भाईरस परास्त गर्न आत्मवल पुर्याउने उदेश्यकासाथ सार्वजनिक गरीएको यस गीतमा भौगोलिक हिसावले टाढा टाढा रहेका गायक गायिकाहरु पनि एक भएका हुन् ।

कोरोना भाईरसबाट विश्वभरमा यो समाचार तयार पार्दासम्ममा ३लाख३सय ९७ जनाको ज्यान गइसकेको छ ।

हेर्नुहोस भिडियो

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here