विश्वमा कोरोनाका कारण ३ लाख भन्दा बढीको मृत्यु, ४५ लाखमा संक्रमण


२ जेष्ठ २०७७, शुक्रबार ०८:३८ मा प्रकाशित

कोरोना भाइरसका कारण विश्वभर ३ लाख ३ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ। संयुक्त राज्य अमेरिकामा १४ लाखमा सङ्क्रमण पुष्टि भएको छ भने ८६ हजारभन्दा धेरैको ज्यान गएको छ।

विश्वभर ४५ लाख २९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकामा १७ लाख ३ हजार ६ सय ४८ जना निको भएका वर्लओमिटरले जनाएको छ। २५ लाख १६ हजारभन्दा धेरैमध्ये दुई प्रतिशत अर्थात साढे ४५ हजार जनाको अवस्था जटिल रहेको र बाँकी २४ लाख ७१ हजारभन्दा धेरैको अवस्था भने सामान्य छ। त्यस्तै बेलायतमा कोरोना संक्रमित ३३ हजारभन्दा बढिको मृत्यु भएको जनाएको छ।

भारतमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। गएको २४ घण्टामा झण्डै ४ हजार नयाँ बिरामी थपिएसँगै भारतमा झण्डै ८२ हजारमा कोरोना पुष्टि भएको छ। भारतमा हालसम्म २ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ। नेपालमा भने कोरोना भाइरसबाट हालसम्म कसैको ज्यान गएको छैन। पछिल्लो तथ्यांक अनुसार २ सय ४९ जनामा कोरोना पुष्टि भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here