पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश


१ जेष्ठ २०७७, बिहीबार १५:०३ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड १९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भनेको हो ।

अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

कोभिड १९ सँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here