भारतबाट झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइयो


१ जेष्ठ २०७७, बिहीबार १४:३७ मा प्रकाशित

रुपन्देही । रुपन्देहीको सीमापारि रहेका झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइएको छ।

भारतका विभिन्न ठाउँबाट आएर सीमा नजिक क्वारेन्टाइनमा बसेका उनीहरुलाई रुपन्देही ल्याइएको हो।

लामो समयसम्म क्वारेन्टाइनमा बसेका उनीहरु जबरजस्ती नेपाल छिर्न खाजेपछि स्थानीय प्रतिनिधिको अगुवाईमा सीमावारि ल्याएर क्वारेन्टाइनमा राखिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिए। त्यसरी नेपाल आएका नेपालीको संख्या झण्डै ८ सयको हाराहारी रहेको उनले बताए।

रुपन्देही ल्याइएका उनीहरुलाई निश्चित समय क्वारेन्टाइमा राखेपछि मात्रै आ–आफ्नो घर पठाइने पन्तले बताए।

रुपन्देहीको बेलहिया सीमा नजिक भारतीय क्वारेन्टाइनमा झण्डै १६ सय नेपाली रहेका छन्। उनीहरु मध्ये १२ सयले आफ्नो क्वारेन्टाइन अवधि पुगेको भन्दै घर जान पाउनुपर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here